क्रिसमसले नेपालीबीच आपसी सद्भाव र बन्धुत्व कायम गराेस् मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा शुभकामना व्यक्त गरेका छन् । मुख्यमन्त्री भट्टले शुभकामना सन्देश जारी गर्दै क्रिसमसले सबै नेपालीबीच आपसी सदभाव र बन्धुत्वको भावना कायम राख्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका हुन् ।

शुभकामना सन्देशमा भनिएको छ, “क्रिसमस डे जस्ता पर्वले नेपालीबीच आपसी विश्वास, प्रेम र बन्धुत्वको भावनालाई प्रगाढ बनाउने तथा विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेको समुदायबीच आपसी सदभाव, सहिष्णुता र एकताको भावना अभिवृद्धि हुने विश्वास लिएको छु ।”

सम्बन्धित पाेस्टहरु

Comments are closed.