अकस्मात प्रधानमन्त्री देउवाले किन बोलाए सर्वदलीय बैठक ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अकस्मात सर्वदलीय बैठक बोलाएका छन् ।प्रधानमन्त्री भएकाे ७५ दिन पुग्दासम्म सरकारलाई पुर्णता दिन नसकेका उनले संघीय संसदमा जारी अवरोध अन्त्यको प्रयासमा भन्दै बिहीबार १० बजे संसदमा भएका सबै दलको बैठक बोलाएका हुन् ।

संसदमा भएका दलहरुमध्ये कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सत्तारुढ गठबन्धनमै छन् । यस्तै एमाले, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी र राप्रपा प्रतिपक्षमा छन् । ३ भदौमा शुरु भएको संसदको चालु अधिवेशनमा प्रमुख विपक्षी नेकपा एमालेले नाराबाजी गर्दै आएको छ । आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर सभामुखले दल विभाजनमा सहयोगी भूमिका खेलेको एमालेको आरोप छ ।

एमालेकै अवरोधका बीच सरकारले बजेट पास गरेको थियो ।सभामुखले बोलाएको सर्वदलीय बैठक प्रमुख विपक्षी एमालेले बहिष्कार गरेको थियो । प्रधानमन्त्री देउवाले बोलाएको बैठकमा प्रधानमन्त्री जाने नजाने टुंगो छैन ।

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.