सुदूरपश्चिममा ठूलाे पार्टी काे रहँला : नेकपा (समाजवादी) की माओवादी ?
धनगढी । नेकपा एमाले फुटेर नेकपा एकिकृत समाजवादी पार्टी नयाँ दर्तासँगै देशैभर राजनीतिक उतारचढाव भैईरहेकाे छ । नफुट्दासम्म सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठूलाे पार्टी रहेकाे एमाले अव कस्ताे रहँला, प्रदेशमा ठूलाे पार्टी काे रहँला ? सर्बत्र चाँसाेकाे विषय बनेकाे छ ।
दुबै पार्टी सम्बद्ध नेताहरुले फुटकाे असर आफ्नाे समुहलाई नपर्ने बताईरहँदा र निर्वाचन आयाेगले प्रदेश संसद तथा स्थानीय जनप्रतिनिधलाई पार्टी राेज्न दिएकाे समय नजिकिदै जाँदा सुदूरपश्चिमका केही संसदहरु तनावमा रहेकाे बताईरहेका छन् । निर्वाचन आयोगले नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) नेपालबाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई दल रोज्न यही भदौ २२ गते अपराह्न ५ बजेसम्म समय दिएको छ।
२५ जना संसद रहेकाे तत्कालिन एमाले सुदूरपश्चिम प्रदेशसभामा अर्जुनवहादुर थापा सभामुख बनेपछि २४ मात्र रहेका छन् । सभामुख कुनै दलमा छैनन् । विगतदेखि नै माधव नेपाल पक्ष हाबी रहेकाे यहाँ धेरैजसाेले खुलेरै पार्टी राेजिसकेका छन् । यसअघि माधव नेपाल पक्षमा सभामुखसहित १८ र ओली पक्षमा ७ सांसद रहेकाेमा पार्टी फुटपछि ओली पक्षमा नेकपा संसदीय दलका नेता प्रकाश शाह र पूर्वमन्त्री प्रकाश रावल थपिएका छन् ।
बिगतमा भीम रावलको पक्षमा एक ढिक्का रहेका नेपाल पक्षीय सांसदहरुले रावल एमालेमा फर्किएपछि भने उनको साथ छोडेका हुन् ।रावलकै भिनाजु हर्कबहादुर कुवँर पनि अहिलेसम्म रावलको पक्षमा खुलेका छैनन । यद्दपि उनले पनि रावललाई साथ दिने बताईन्छ । यस्तै डाेटीकी अर्चना गहतराज जाे अहिले सरकारमा राज्यमन्त्री पनि छन् उनी खुलेकी छैनन् । जसले गर्दा सुदूरपश्चिम प्रदेशमा अव ठूलाे दल कुन हाेला ? एकीन हुन नसकेकाे हाे ।
उता, सरकारकाे नेतृत्व गरिरहेकाे अर्काे ठूलाे दल नेकपा माओवादी केन्द्रका १३, विपक्षी दल काँग्रेसका १२ र जसपाका दुई जना सांसद रहेका छन् ।