काठमाण्डाैंमा काेराेना संक्रमित बढ्दै, आज १,०७५ जनामा संक्रमण पुष्टि
काठमाडौं। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा काेराेना संक्रमण बढ्दै गएकाे छ । आज विहीवार १,०७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ७६६, ललितपुरमा १६३ र भक्तपुरमा १४६ गरी काठमाडौं उपत्यकामा १,०७५ जनामा संक्रमण पुष्टि भएको हो ।
यसअघि बुधबार उपत्यकामा १,२७९ जना कोरोना संक्रमित थपिएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११,८७० पीसीआर परीक्षणमा ३००७ जना र ६,५३८ एन्टिजेन परीक्षणमा ९३१ जना गरी ३९३८ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २०१२ रहेको छ भने ३७ जनाको मृत्यु भएको छ ।