अछाममा भालुको आक्रमणबाट बन रक्षक घाईते

अछाम । भालुको आक्रमणबाट अछाममा एक जना घाईते भएका छन। जिल्लाको कमलबजार नगरपालिका वडा नम्बर ६ बिरपथ डुप्केका देबिराम ढकाल घाइते भएका जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ।

स्याउले नजिकैको जंगलमा ढकाललाई भालुले आक्रमण गरेको हो। घाईते ढकालको अनुहारमा गम्भिर चोट लागेको स्थाननीयले बताएका छन्। बुढाखोला सामुदायीक बनका बन रक्षक समेत रहेका ढकाल बन हेरचाहको क्रममा जंगलमा गएको समयमा भालुले आक्रमण गरेको स्थानिय भानुभक्त ढकालले बताए।

ढकालका अनुसार घाईतेको जिल्ला अस्पताल मंगलसेनमा उपचार भैरहेको छ।

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.