कैलाली जिल्ला खेलकुद विकास समितिकाे अध्यक्षमा ललित खत्री
धनगढी । कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ललित खत्री नियुक्त भएका छन् । लामो समयदेखि खेलकुदमा आबद्ध रहदै कराँतेकाे राष्टिय तथा अन्तराष्टिय खेलाडी, प्रशिक्षक रहेका खत्रीले देश विदेशमf विभिन्न पदकहरु पनि जितेका छन् ।
उनलाई कैलाली जिल्ला खेलकुद विकास समितिकाे अध्यक्षमा नियुक्त गरेर सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री लालवहादुर खड्काले शपथ ग्रहण गराएका हुन् ।
शपथ ग्रहण कार्यक्रममा सुदुरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दिपक सिंहको पनि उपस्थिति रहेको थियो । यस्तै प्रदेश खेलकुद परिषदको सदस्यमा मनोनित संञ्जिता चौधरीलाई पनि शपथ गराईएको थियाे ।