Dashain Suvakamana

नेपाल प्रहरीका १६ जना डीआईजीको सरुवा : को-कहाँ (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका १६ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)को सरुवा गरिएको छ । सोमबार गृहमन्त्री खगराज अधिकारीले  जनपद प्रहरी समूह तर्फका डिआईजीको सरुवा गरेको प्रहरी उपरीक्षक जनार्दन जिसीले जानकारी दिए।

मन्त्रालयका अनुसार प्रदेश–१ प्रहरी कार्यालयमा डीआईजी अरुणकुमार बिसी, प्रदेश–२ मा उमेश रञ्जितकार, बागमती प्रदेशमा प्रकाश जंग कार्की, गण्डकी प्रदेशमा दिवेश लोहनी, लुम्बिनी प्रदेशमा मुकुन्दराज आचार्य, कर्णालीमा गणेश ऐर र सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयमा पुरुषोत्तम कँडेलको सरुवा गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा डीआईजी वसन्तकुमार पन्त र घनश्याम अर्याललाई विशेष ब्यूरोमा सरुवा गरिएको छ। यसैगरी केन्द्रिय अनुसन्धान ब्यूरोमा धीरजप्रताप सिंहलाई पठाइएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा उत्तरराज सुवेदी र नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा सहकुलबहादुर थापालाई सरुवा गरिएको छ।

सरुवा सूची

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.