Dashain Suvakamana

खुकुलो पार्दै कैलालीमा निषेधाज्ञा थप, के के गर्न पाउने ? (विवरणसहित)

धनगढी । कैलालीमा आगामी एक साता सम्मको लागि निषेधाज्ञा थप गरिएको छ । यस पटक केही खुकुलो पार्दै निषेधाज्ञा थप गरिएको  जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी जोशीले जानकारी दिए ।

निषेधाज्ञाको समयमा सार्वजनिक यातायातका सबै सवारी साधन बन्द रहनेछन्। तर निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरिएको छ । कार, जिप र भ्यानमा चालक सहित ४ जना, ट्याक्सीमा चालक सहित तीन जना बस्न पाइने निर्देशन जारी गरिएको छ ।यस अघि विहीन ११ बजे सम्म खुल्दै आएका पसहरु अब दिउसो ३ बजे सम्म खोल्न पाउने छन् । वर्कसपहरू भने तीन जना कामदार राखेर बिहान ७ बजे देखि साँझ ७ बजे सम्म खुल्ने छन् ।

यस्तै होटल रेष्टुरेन्ट, खाजा पसलले होम डेलिभरी तथा टेक अवे सेवा(खाना र खाजा लगेर जानुपर्ने) बिहान ८ देखि बेलुकी ८ बजेसम्म सञ्चालन गर्न पाउनेछन्। कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि कैलालीको स्थानीय प्रशासनले वैशाख १६ गतेदेखि क्रमिक रूपमा निषेधाज्ञा थप्दै आएकोमा अब असार१५ गतेसम्म निषेधाज्ञा लम्बाइएको हो ।

यस्तो छ प्रमुख जिल्ला अधिकारीद्वारा जारी आदेश:

No description available.

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.