Dashain Suvakamana

कैलालीका नारदमुनि राना वनमन्त्री बन्दै

 धनगढी । प्रतिनिधिसभा भंग गरेर चुनाव घाेषणा गरेका कामचलाउ सरकारका प्रधानमन्त्री केपी ओलीले मन्त्रीमण्डल विस्तार गर्न लागेका छन् । आज साँझ ४ बजे सफथ ग्रहण हुने भनिएकाे मन्त्रीहरुमा कैलालीका नारदमुनी राना बनमन्त्रीमा सिफारीस भएका छन् ।

तत्कालीन वाम गठबन्धनकाे तर्फवाट कैलाली क्षेत्र नं ५ बाट प्रतिनिधि सभामा विजयी एमाले नेता नारदमुनी राना नेपाल सरकारकाे वन मन्त्री बन्न लागेकाे उनका सहयाेगीले जानकारी दिएका छन् । यसअघि वन मन्त्रीमा सुदूरपश्चिमकै प्रेम आले रहेका थिए । अहिले पनि नयाँ मन्त्री बनाइँदा सुदूरपश्चिमकै रानालाई वनमन्त्री बनाउन लागिएको हो ।

रानाले प्रतिनिधसभाको गत चुनावमा नेपाली कांग्रेससका सभापति शेरबहादुर देउवा पत्नी आरजु राणालाई कैलाली क्षेत्र नं. ५ बाट ४ हजार ८८० मतान्तरले पराजित गरेका थिए । चुनावकै बेला नेता रानालाई मन्त्री बनाउने भन्दै मत मागिएको थियो । तर, रानाले चुनाव जिते पनि मन्त्री बन्ने अवसर भने ३ वर्षपछि सांसदबाट पदमुक्त भएपछि मात्रै पाएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.