सेती अस्पतालद्वारा इमरजेन्सीबाहेक ओपिडी र इलेक्टिभ सर्जरीसेवा बन्द
धनगढी । कोरोना भाइरसको दोस्रो लहर फैलिएसँगै सेती प्रादेशिक अस्पतालले इमरजेन्सी बाहेक बहिरङ्ग(ओपीडी) र इलेक्टिभ सर्जरी सेवा स्थगित गरेको छ।
बुधबार अस्पतालले सूचना जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको निर्देशन अनुसार बैशाख १६ गतेदेखि बहिरङ्ग(ओपीडी) र इलेक्टिभ सर्जरी सेवा बन्द गरेको जनाएको छ। साथै अस्पतालले उक्त अवधिमा अस्पतालमा कार्यरत चिकित्सक लिन सक्ने गरी सम्पर्क नम्बरहरु उपलब्ध गराएको छ।