गाउँ नगरमा छुवाछूतको अबस्था अझै उस्तै
तेजबहादुर डुम्रेल
विकास भनेको क्रमशः भइरहने प्रकृया हो, हिजोको विकास संरचनाको तुलनामा आजको आधुनिक एवं नयाँ हुन्छ नै, अझै भन्नू पर्दा आजको नयाँ डिजाइन भाेलिका लागि पुरानो भइ दिनेछ । अब लागाै महत्त्वपूर्ण बिषयकाे सन्दर्भमा । स्थानीय सरकार अघि र पछि गाउँ नगरमा छुवाछूतको अबस्था जुम गरि हेर्ने हो भने तुलनात्मक रुपमा नदेखिने गरि परिवर्तन भएको पाइन्छ । उहिले फरक थरिकाे मान्छेले गाउँको चिया पसलमा चिया खाएपछि कप सफा गर्नु पर्ने बिडम्बना थियोे ।
पैसा तिरेपछि पनि चियाको कप सफा गर्नुपर्ने त्यो बिगतबाट वर्तमान अवस्थामा परिवर्तन भएको छ, अहिले कानुन बुझेका छन्, छुवाछूत बिस्तारै हटि सकेको छ, खानपिनमा संयुक्तरूपमा बसेर खाने सामान्य भइ सकेको छ । पछिल्लो पुस्ता झन् हामी भन्दा निकै अघि बढि सकेको छ । मैले जे देखे त्यो लेख्दै छु । एक दिन गाउँमा विभिन्न थरका १५/२० युवाको जमघट थियो, कप एउटै थियो, चिया पकाउने कितलि पनि एउटै थियोे, अब कसरी दिने म अल्मलिए, एउटा भाईले भन्यो ! सर चिया पकाउनु भएकोमा धन्यवाद ।
हामीलाई खान केही समस्या छैन ! कसरी मैले भने । ति युवाले कपमा चिया हाले,आफु एक चुस्कि खाएपछि ल खान भन्दै अर्को चुस्कि अर्को साथीलाई क्रमशः दिदै गए, बडो रमाइलो गरि खाए । ती युवाले अचम्म मान्नु पर्दैन सर हामी स्कुल पढ्ने बेला कहिलेकाहीँ हाेष्टेल, डेरामा यसरी खाने गर्छौ । मैले ती युवाको गहिरो प्रेमलाई सलाम गरे । सबै थरीका युवाको त्यो सर्वप्रिय जमघटबाट यो लेख तयार भयो । तर, तिनका आमा बुबा बिचमा निकै विभेद कायमै छ ।
अचेलका केटाकेटीको युवाको चालचलन उनका अभिभावकलाई मन पर्ने कुरै छैन । किनकि उनका अभिभावक रुढीबादी साेच भएका हुन । अचेल दिनहुँजसो पिकनिक तथा उत्सवले गाउँ घरमा नदेखिएको परिवर्तन भैसकेको भन्दा फरक पर्दैन । अब गाउँमै सहभाेज सामान्य हुदैछ । परिणामस्वरूप जसले पकाए पनि हुने वातावरण बन्दैछ ।तर कतिपय गाउँ नगरमा भने दलितको बेग्लै मन्दिर, बेग्लै बाेका, बेग्लै रागाे, बेग्लै पुजारी र बेग्लै वातावरण देखेपछि मन छिया छिया हुन्छ । कतिपय गाउँ ठाउँमा दलित समुदायले चढाएको बाेका रागाेलाई मार हान्न मैले पाउनुपर्छ भनेर भिडन्त भएको देखेपछि समाजमा परिवर्तन नभएको लाग्यो ।
गाउँमै हलिया प्रथा कायमै छ, खलाे प्रथा कायमै छ, छुवाछूत अन्त गर्नु पर्छ भनेर दर्जनौं गैरसरकारी संस्था छन्, देश बिदेशबाट ती गैरसरकारी संस्थाको खातामा विकासका लागि बजेट पनि तमाम हुन्छ । तर जति हुनुपर्ने परिवर्तन नभएको हुदा बजेट स्थानीयका लागि बालुवामा पानी भएको पनि देखेपछि बजेटले पनि विकास नहुने रहेछ भन्ने लाग्यो । सबैभन्दा साेच तथा मानव व्यवहारमा परिवर्तन ल्याउन सक्यौं भने मात्र समाजलाई सकारात्मक बाटोमा लैजान सकिन्छ ।
स्थानीय तहमा अरु सबै विकास गर्न जनप्रतिनिधि तयार देखिन्छन् तर, छुवाछूत सबैले साेचे जस्तो अन्त गर्न सकि रहेका छैनन्, छुवाछुत गर्नु हुदैन भनेर सम्झाउनु नियमितरूपमा मदिरा सेवन गर्नेलाई मदिरा सेवन गर्नु हुदैन भनेर सुधार गृहमा सम्झाउनु बराबर देखिन्छ । विभिन्न अधिकार दिवस मनाएपछि घरमा फेरि उहीँ अवस्था पाए । मैले भने त्यो अधिकार दिवसमा तपाईं दुई थरका काका संगै चिया नास्ता खाने घरमा किन अलगअलग ? दुवैले सरकारि कार्यक्रममा जेपनि हुन्छ , त्यो कुरा घरमा नगर बाबु भनेर उल्टै प्रतिकृया मिलेर दिए ।
फेरि अर्को सवाल साेधे । मदिरा सेवन गर्ने बेला गिलास मात्र फरक हुन्छ ।मदिरा एउटै हुन्छ । मासुको थाल पनि एउटै देखेको छु, त्यो के हो ? दुवै थरका काकाहरुले रेडिमेड जवाफ दिए । त्यो त सामान्य हाे ।जाेसमा जेपनि भइ हाल्छ, हाेसमा पाे त्यो हुदैन । हासेर मलाई भरपूर जवाफ दिने काेशिष गरे । फरक थरका बिचमा समान परिवर्तन ल्याउन ठूलो संघर्षको खाचो छ, कति सम्म परिवर्तन गर्ने त्यो साचो स्थानीय सरकारको हातमा छ,स्थानीय सरकारलाई बाेझ थुपार्ने काम जनस्तरबाट भएको देखिन्छ, त्यसकारण सचेत नागरिकले जुन ठाउँमा छाै त्यो गाउँ नगरबाट छुवाछूत अन्तका लागि बुलन्द आवाज उठाउन सकेनौं भने जुनसुकै थरका जनप्रतिनिधि भए पनि समान समाज गर्न सक्छन् जस्तो लाग्छ मलाई । जनप्रतिनिधिलाई साेधे । किन भएन छुवाछूतको अन्त ?? उनले भने राेटि पल्टाए जस्तो सजिलो छैन परिवर्तन बिस्तारै क्रमशः हुने कुरा हो ।
छुवाछूत अन्तका लागि ठूलाठूला सैन बाेर्ड राखेको गैरसरकारी संस्था भित्रका पदाधिकारीलाई साेचे ।गाउँमा छुवाछूतका लागि के प्रयास भइरहेको छ भने ? हाकिम जस्तो मान्छे तेज सर हामीले मास्टर प्लान बनाइ रहेका छाै । तपाईंको गाउँ/ठाउँमा जानेछाै भनेर लगातार प्रवचन दिन थाले । छुवाछूत फेरि उस्तै अवस्था देखेपछि परिवर्तनका लागि थुप्रै प्रयास गर्न बाकी देखिन्छन् । दलित दलित भित्र पनि छुवाछूत ! भुसकाे आगो हो दलित भित्रकाे छुवाछूत ।
मुलुकि ऐन २०२० सालमै थियोे, छुवाछूत गरे सजाय हुने व्यवस्था हुदाहुदै हामी विभिन्न थरका मान्छे मान्छे बिचमा विभेद ।टाेल टाेल बिच विभेद । सार्वजनिक स्थल भनिएको मठमन्दिरमा पुजापाठ गर्दा हुने विभेद कायमै छ । त्यो मन्दिर बनाउन सबैले चन्दा संकलन गरेर बनाएको हो । विभिन्न तहका सरकारहरु पनि (मन्दिर बनाए जस्तै गरि) सबैले मतदान गरि बनेका हुन, तर ती मन्दिरमा किन लगानी गर्ने जान नपाउने ? किन सबै तहका सरकार यो गम्भीर सवालमा बुलन्द भएर नलाग्ने ? किन पिडितका पिडा नसुन्ने ? कडा भन्दा कडा कानुन किन नल्याउने ? सबैलाई थाहै छ सति प्रथा अन्त भयो ! अब किन छुवाछूतको अन्त नगर्ने !
स्थानीय तहलाई संघीय सरकारको कानुन भए पनि ठिकै छ नभए बनाउन सक्छ ! त्यसकारण गाउँ नगरमा सिह दरबार भनिएको हो । सिह दरबारको शक्तिशाली मान्छे भनेको जनप्रतिनिधि हो । जनमुखी काम गर्दै अघि बढ सरकार । मानवजाति हामीलाई समान वातावरण चाहिएको छ । नयाँ बर्ष २०७८ पछि पनि गाउँ नगरमा छुवाछूतको अवस्था उस्तै देख्नु नपरोस् र लेख्नु नपराेस भन्दै शुभकामना तथा धन्यवाद !