Dashain Suvakamana

खप्तड मालिका यातायातका बर्तमान र पूर्वअध्यक्षसहित ४ जना पक्राउ

धनगढी । खप्तड मालिका यातायात प्रालिका अध्यक्ष दिलबहादुर खलौला र पूर्वअध्यक्ष अनन्तराज जोशीसहित चार जना पक्राउ परेका छन् । धनगढी बसपार्क क्षेत्रमा झगडा गर्न थालेपछि उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक भरत चौधरीले जानकारी दिए ।

उनकाअनुसार बर्तमान र पूर्व दुई जना अध्यक्षसहित भरत बडेल र खड्कबादुर मल्ललाई पनि पक्राउ गरिएको हो । खलौला अध्यक्ष भएपछि जोशी समूहले अस्‍वीकार गर्दै आएको थियो । सोही विषयमा उक्त यातायात प्रालिमा विवाद बढ्दै गएको थियो ।

खलौला समूहले बनाएको क्यू अनुसार जोशी समूहले गाडी चलाउन नमानेपछि बसपार्कमा हातहालाहाल भएको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.