Dashain Suvakamana

विसादी सेवन गरी भारतीय नागरिकको धनगढीमा मृत्यु

धनगढी । भारत घर बताउने एक जनाको मृत्यु भएको छ। हाल धनगढी उपमहानगरपालिका ५ तारानगर बस्दै आएका अन्दाजी वर्ष ४५ का सुकदेव चौहानको मंगलबार मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक भरत चौधरीका अनुसार सल्फास नामक विषादी सेवन गरेका चौहानको उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी लैजाने क्रममा मृत्यु भएको हो।

उनको शव पोष्टमार्टमको लागि सेती प्रादेशिक अस्पतालमै राखिएको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.