Dashain Suvakamana

सुदूरपश्चिमका पूर्वमन्त्री बोहरालाई संसदवाट निलम्बन गर्न सिफारिस

धनगढी । नेकपा (माओवादी केन्द्र) ले सुदूरपश्चिमका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य झपटबहादुर बोहरालाई निलम्बन गर्ने प्रक्रिया सुरु गरेको छ । पार्टीको सुदूरपश्चिम संसदीय दलले बोहरा दलमा नरहेको जानकारीसहितको पत्र बिहीबार प्रदेशसभामा दर्ता गराएपछि उनी प्रदेशसभाबाट निलम्बन हुने प्रक्रिया सुरु भएको हो ।

अछाम निर्वाचन क्षेत्र नम्बर १ को (ख) बाट प्रत्यक्ष निर्वाचित बोहराले साविक नेकपामा फाटो आएसँगै मन्त्री पदबाट राजीनामा दिएका थिए । उनी माओवादी केन्द्र छाडेर एमालेको ओली समूहमा लागेका छन् । माओवादी केन्द्र संसदीय दलका तर्फबाट प्रमुख सचेतक अक्कल रावलले प्रदेशसभा सचिवालयमा उनी दलमा नरहेको सूचना दर्ता गराएको प्रदेशसभा सभामुखको सचिवालयले जनाएकाे छ ।

राजनीतिक दलसम्बन्धी दफा ३४ मा दलमा त्याग गर्ने सदस्य सांसद नहुने व्यवस्था छ । प्रदेशसभाले अब प्रदेशसभा नियमावली २०७४ को नियम १९० अनुसार उनलाई निलम्बन गर्ने प्रक्रिया थाल्ने प्रदेशसभा सचिवालयले जनाएको छ । पार्टी केन्द्रको निर्णयअनुसार उनलाई कारबाही प्रक्रिया अघि बढाइएको प्रमुख सचेतक रावलले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.