Dashain Suvakamana

एनपीएलको टिकट बिक्री खुल्ला, कहिलेकाे मूल्य कति?

Ajai

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल तेस्रो संस्करणको टिकट बिक्री बिहीबार बेलुका आठ बजेबाट खुल्ला भएको छ । नेपाल क्रिकेट एसोसिएसन क्यानले विज्ञप्तिमार्फत टिकट बिक्री र मुल्य ताेकाे हाे ।

क्यानका अनुसार लिग चरणका खेलमा साधारण टिकटको मूल्य ५०० र प्रिमियमको मूल्य एक हजार तोकिएको छ । यस्तै, इलिमिनेटर तथा फाइनल चरणमा टिकटको मूल्य साधारणको एक हजार र प्रिमियमको दुई हजार तोकिएको छ । ईसेवामार्फत टिकट लिन सकिने क्यानले जनाएको छ ।

एनपीएलको तेस्रो संस्करण कात्तिक ९ गतेबाट सुरु हुँदैछ । प्रतियोगितामा आठ टोलीले सहभागिता जनाउनेछन् । तेस्रो संस्करणको सबै खेलले आईसीसीको टी-२० लिगको  लिस्ट  ए मान्यता पाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.