Dashain Suvakamana

कैलालीमा ३ मोटरसाइकल दुर्घटनामा ३ जनाको मृत्यु

Ajai

 धनगढी । कैलालीमा एकै दिन छुट्टाछुट्टै तीन स्थानमा भएका मोटरसाइकल दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका, कैलारी गाउँपालिका र टीकापुरमा भएका दुर्घटनामा तीन जनाले ज्यान गुमाएका हुन्। घोडाघोडी नगरपालिका–५ स्थित डोडा पुल नजिकै सोमबार साँझ गोरुगाडा र मोटरसाइकल आपसमा ठोक्किँदा धनगढी उपमहानगरपालिका–१७ का २९ वर्षीय विक्रम रानाको मृत्यु भएको छ।

गोरुगाडासँग रानाले चलाएको से ८८ प ५१५६ नम्बरको मोटरसाइकल ठोक्किएको थियो। दुर्घटनामा घाइते रानालाई उपचारका लागि धनगढी रेफर गरिएकोमा राति नै मृत्यु भएकाे हाे । त्यस्तै, कैलारी गाउँपालिका–७ रामपुरस्थित हुलाकी राजमार्गमा साेमबार राति मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा भजनी नगरपालिका–९ का २६ वर्षीय शिवलाल चौधरीको मृत्यु भएको छ। ३० वर्षीय सञ्जय चौधरीले चलाएको नम्बर नखुलेको मोटरसाइकल पछाडि सवार शिवलाल दुर्घटनामा घाइते भएका थिए। घोडाघोडी अस्पताल सुखडमा उपचारपछि थप उपचारका लागि भारत लैजाने क्रममा उनको मृत्यु भएको जनाइएको छ।

यस्तै, टीकापुरमा साेमबार राति नै से ४ प ६५७९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री ५३ वर्षीय लक्ष्मीराम थारूको मृत्यु भएको छ। १९ वर्षीय आयुष चौधरीले चलाएको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका थारूलाई उपचारका लागि टीकापुर अस्पताल पुर्‍याइएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक थारूको शव परीक्षणका लागि अस्पतालमै राखिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.