कैलालीमा तस्कर र प्रहरीबीच गोली हानाहान, एक भारतीय तस्कर घाइते

धनगढी । गएराती कैलालीमा तस्कर र प्रहरीबीच गोली हानाहान भएको छ।जिल्लाको भजनी नगरपालिका वडा नम्बर ३ स्थित नेपाल भारत सिमा क्षेत्र नजिक तस्कर र प्रहरीबीच गोली हानाहान भएको हो ।

भारतीय लागू औषध तस्करले नेपाल प्रहरीमाथि १ राउड गोली चकाएपछी प्रहरीले पनि ३ राउड गोली चलाएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।दोहोरो भिडन्तमा परि भारतको लखिमपुर खिरी जिल्ला तिकुनिया ग्रामपञ्चायत रणनगरका ४० वर्षिय दिल्लु सिँह घाइते भएका छन्।

उनको भारतमा उपचार भइरहेको र उनीसंगै रहेका अन्य ४ जना भारतीय तस्करहरु भारत तिर भागेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.