तराई मधेशमा आज होली पर्व मनाइँदै
धनगढी । तराई–मधेसका जिल्लाहरुमा आज सोमबार रंगहरूको पर्व फागु (होली) हर्षोलासपूर्वक मनाइँदै छ । पहाडी जिल्लामा आइतबार नै फागु पूणिर्मा अर्थात् होली मनाइए पनि तराई मधेसका जिल्लाहरूमा भने आज (सोमबार) होली मनाउन लागिएको हो ।
होलीका अवसरमा केन्द्र सरकारले सोमबार एक दिन तराई मधेसका जिल्लाहरुमा सार्वजनिक बिदा दिएको छ । भौगोलिक संरचना र मान्यताअनुरूप फागु पूर्णिमालाई स्थानअनुसार मनाउने चलन छ ।
सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा पनि आज हाेली मनाईदै छ । यहाँका राना थारु समुदायले हाेली तथा हाेरी भन्ने गर्दछन् ।