खाद्यले सुदूरपश्चिममा ल्यापटप बाँढेपछि विधार्थी मख्ख
धनगढी ।विधालय खाजा कार्यक्रम सञ्चालन गर्दै आएकाे विश्व खाद्य कार्यक्रमले सुदूरपश्चिम प्रदेशकाेदार्चुलामा ल्यापटप बाँढ्न थालेकाे छ । यहाँका ५ वटा स्थानीय तहका १५ वटा विधालयमा एक विद्यार्थी एक ल्यापटप कार्यक्रम सञ्चालनमा ल्याइएको हाे।
जिल्लाको मार्मा गाउँपालिकामा सबैभन्दा बढी ७ वटा विद्यालयहरुमा यो कार्यक्रम लागु भएको छ भने दुहुँ गाउँपालिकामा १ वटा, मालिकार्जुन गाउँपालिका तथा शैल्यशिखर नगरपालिकामा समान २/२ वटा विद्यालयहरुमा यो कार्यक्रम सञ्चालनमा रहेको छ। यस्तै नौगाड गाउँपालिकामा ३ वटा विद्यालयहरुमा यो कार्यक्रमा सञ्चालनमा रहेको छ।
उक्त कार्याक्रमामार्फत ५ विद्यालयका झण्डै ७ सय ५० जना विद्यार्थीहरु लाभान्वित भएको विश्व खाद्यकार्यक्रम दार्चुलाका कार्यक्रम संयोजक विजय विश्कर्माले बताए। विद्यार्थी र शिक्षकले कक्षाकोठामा गर्ने क्रियाकलापको ढाँचा बिस्तारै परिवर्तन गर्ने उदेश्यले यो कार्यक्रम सञ्चान हुदै आएको उनले बताए।
उनका अनुसार सुदूरपश्चिमका दार्चुलासहित बझाङ, बैतडी, डोटी, डडेलधुरामा यो कार्यक्रम सञ्चालनमा रहेको छ।