बसले मोटरसाइकललाई ठक्कर दिदा २ जना घाइते

धनगढी । बसले मोटरसाइकललाई ठक्कर दिदा कैलालीमा २ जना घाइते भएका छन्।पूर्वपश्चिम राजमार्गस्थित गोदावरी नगरपालिका–८ स्याउले चोकमा पूर्वबाट पश्चिमतर्फ आउदै गरेको बसले माेटरसाईकललाई ठक्कर दिएकाे हाे ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार लु १ ख ९१८४ नम्बरको बसले से २ प ४३०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक गोदावरी–८ जोनापुर बस्ने ४६ वर्षीय परदेश चौधरी र पछाडी सवार २० वर्षीय एम चौधरी घाइते भएका छन्।

उनीहरुको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। बस र चालक कपिलवस्तु बारगंगा नगरपालिका–५ का ३५ वर्षीय दुहे थारु चौधरीलाई अस्थायी प्रहरी पोस्ट श्रीपुरले नियन्त्रणमा लिएको छ। 

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.