क्रिकेटको शहर धनगढीमा मेयर-उपमेयर कप प्रतियोगिता हुने

धनगढी । धनगढीलाई खेलकुदको शहरको रुपमा विकास गर्ने अवधारणा अनुसार चैत ३ गतेदेखि मेयर-उपमेयर कप क्रिकेट प्रतियाेगिता सुरु हुने भएकाे छ । आइतबार धनगढीमा पत्रकार सम्मेलनमार्फत प्रतियोगितामा धनगढी नगर क्षेत्रका सरकारी तथा निजि विद्यालयहरु गरि ३० टोलीको सहभागीता रहने प्याब्सन धनगढी नगर समितिले जानकारी दिएकाे हाे ।

साेप्रतियाेगीतामा छात्रतर्फका १९ टिम र छात्रातर्फका ११ टिमले भाग लिने प्रतियोगिताका संयोजक उदय प्रताप सिंहले जानकारी दिए । टी-२० को फरम्याटमा हुने प्रतियोगिता नकआउटका आधारमा सञ्चालन हुनेछ। संयोजक सिंहका अनुसार प्रतियोगिताको छात्र तथा छात्रा तर्फको विजेतालाई नगद १ लाख १ हजार १ सय ११ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेतालाई ५१ हजार १ सय ११ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतियोगिता आयोजना गर्नका लागि झण्डै २१ लाख खर्च हुने अनुमान गरिएकोले त्यसमा झण्डै ६ लाख धनगढी उपमहानगरपालिकाको तर्फबाट सहयोग हुनेछ। प्रतियोगिताले सरकारी तथा नीजि विद्यालयका विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराउन सहयोग पुग्ने विश्वास लिएको धनगढी उपमहानगरपालिकाका मेयर नृपवहादुर ओडले बताए।

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.