Dashain Suvakamana

चुनारा समुदायकाे ठेकीपारा बनाउने पेशा संकटमा

~ तेजबहादुर डुम्रेल

डाेटीकाे सायलमा दलित समुदाय भित्रका विभिन्न थरहरु मध्ये एउटा थर हाे चनारा ।स्थानीय भाषा चदारा हुदै चनारा भएका समुदायकाे ईतिहास अरु समुदाय भन्दा बेग्लै छ, उहाँहरुले जिवन निर्वाहका भाेगाईहरु जीवन निर्बाहका लागि क्रममा भाेग्नु परेकाे कठिन संघर्षहरुकाे चर्चा गर्ने हो भने मान्छेले दुर दराजमा बाच्नका लागि कति दुखदपुर्ण जीवन जिउनु पर्दाे रहेछ भन्ने छर्लङ्ग हुन्छ । बास बस्नका लागि बनाईएका सानातिना झुपडी देखेर मन छियाछिया हुन्छ, नाममात्रको जमिनको टुक्रामा बनाएका झुपडी त्यहीँ झुपडी भित्र जिवनभरका रात बिताउनु पर्दाका पिडाहरु बर्णन गरि साध्य छैन ।

आज तिनै चदाराहरुकाे कहानी प्रस्तुत गर्ने जमर्काेमा छु, सायल गाउपालिका वडा नं ३ गर्खा गाउँमा बसाेबास गर्दै रहेका चदारा दाजुभाइसंग मेरो छाेटाे भेट भयो । उहाँहरुसंगकाे अनुभव एकदमै सुन्न र जान्न पाए, उहाँका पुर्खाहरुले साथमा भएका बालबच्चा पाल्नकाे लागि र सीप अनुसारको कामको खाेजिमा विभिन्न गाउँ ठाउँ हुदै बझाङ जिल्लाको दंगाजि गाउँबाट बसाइँ सरेर डाेटी जिल्लाकाे सायलकाे गर्खामा आउनु भएको कुरा बताए । यस गर्खा गाउँमा आईसकेपछि जीवन निर्बाहकाे लागि आफ्नो पुर्ख्यौली पेशा काठका भाडाकुडिहरु जस्तैः ठेकी, पारा कटौरा, लगाएत विभिन्न सामानहरु बनाउन थालेछन ।

तर यी चिज तयार पार्न कति दुख कष्ट सहनु पर्छ सायद बयान गरेर सकिदैन । बिहान उज्यालो नहुदै डाेकाे नाम्लो टाउकोमा भरेर काठ ल्याउनकाे लागि लेकतिर पुग्नु पर्छ, उच्च लेकालि क्षेत्रमा मात्रै पारा बनाउने काठ लालि गुराँस आदि पाईन्छ । गर्खा नजिकै खप्तड राष्ट्रिय निकुञ्ज भित्र पर्दछ । एक त काठका रुख पाउनै गार्हो अर्को तिर राष्ट्रिय निकुञ्ज र नेपाली सेनाकाे डर । ती अनेकौं पिडा र कष्ट सहेर काठकाे भारि मुढा सहितको डाेकाेमा बाेकेर बिहानै गएपनि साँझकाे बेला घर आईपुग्छन ।

घरमा छाेरा छाेरी श्रीमती कति खेर श्रिमान आउलान ? कतै सेनाले पक्रेर पाे लग्यो कि भन्ने डर !  अर्को तिर, जाेखिम भिर पाखा भएकोले कतै केही दुर्घटना पाे भयो कि भन्ने डर ! जब ठेकिका लागि काठ लिएर श्रिमान घर आउछन बल्ल घरका मान्छेले लामो सास फेर्ने रहेछन् ।

No description available.दाेस्राे दिन पारा ठेका बनाउने उद्योगमा गई पारा काेर्न अथवा बनाउन थाल्छन्, स्थानीय भाषामा पानसार (इन्जिन )चलाउन दुईजना सहयोगी युवाको काे आवश्यकता पर्छ ।लामो समयको संघर्षपछि सामग्री तयार गाईभैसी पाल्ने किसान दाजुभाइलाई नभइ नहुने ठेकि पारा तयार हुन्छन् । ती सामान त तयार भए । अब कसरी बेच्ने भन्ने चिन्ताले फेरि सताउछ, जसरी भए पनि बेच्न जानै पर्छ, नत्र बालबच्चालाई के खुवाउने भन्ने पिडाले मन पाेलिरहन्छ ! दाेस्राे दिन बिहानै तयारी सामानहरु डाेकाेमा बाेक्दै विभिन्न जिल्लाका गाउँ गाउँमा घुम्नु पर्छ । पैसा नभएकाे किसानबाट अन्नसंग भए पनि ठेका पारा साटनु परेको अनुभव सुनाए ।कतिपयले खलाे दिएकै आधारमा ठेका पारा बनाउने गरेका छन् । आर्थिक परिस्थिति नाजुक भए पनि सीप छ तर सिपकाे अनुसार सम्मान समेत नभए सुनाए ,,सम्मान त धेरै परकाे बिषय सजिलोसँग कामपात पाउन सके पेशा संकटमा नहुने स्थानीय चनारा दाजुभाइले बताए ।

गरिबसंग भएकोले हाेला कलालाई न राज्यले चिन्न सक्यो न समाजले । चिन्याे त केवल भरियाकाे रुपमा ! दासकाे रुपमा ! (नभएकै कारणले मागेर पनि खानुपर्ने भएकोले )मगन्तेकाे रुपमा । हस्त कलाका धनी चदारा समुदायले बनाएका सामग्रीकाे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसार सकेको छैन यदि भइ दियो भने स्वदेश एवम् बिदेशी पर्यटकहरुले नै यी समानहरु किन्न सक्छन भन्ने मलाई लाग्छ । तर उहाँहरुकाे पेशालाई राज्यले अहिलेसम्म ध्यान दिन सकेन । घर नजिकैको स्थानीय सरकार छ, स्थानीय सरकारले समेत उहाँहरुकाे कामलाई चिन्न सकेकाे छैन । यदि राज्यले लाेप हुन लागेकाे काठका सामग्री बनाउने चदाराहरुकाे पेशालाई संरक्षण गर्ने हाे अथवा बजार व्यवस्थापन गरि दिने हो भने उनिहरुलाई मात्र होइन राज्यलाई समेत फाइदा पुग्ने देखिन्छ ।

२०७१ सालदेखि डाेटीकाे मुख्य बजार पिपल्लामा स्वेच्छा जनरल उधाेग संचालनमा ल्याइ अडर अनुसारका ठेकी पारा बिक्रीवितरण गरिरहेका व्यपारी बेदप्रकास अवस्थि सायलकाे गर्खा गाउँ र डडेलधुराकाे जाेगबुडाबाट निर्यात गर्ने गरेको बताए । ७/८ लिटरको भाडालाई बजार मुल्य ७ /८हजार रहेको अवस्थिले बताए । अडर अनुसारको खपत बढ्दै गएपछि अवस्थि खुशी भएका छन् ।

तर, स्थानीय सरकारबाट काठमा बुट्टा भर्ने आवश्यक सामग्री उपलब्ध गराए खुशी हुने सुरेश चनाराले बताए । त्यसै अर्का युवा नरि चुनाराले पेशालाई आधुनिकरण गर्न तर्फ सबै तहका सरकारले सहयोग गर्नुपर्ने बताउँछन् । सायल गाउँ पालिका अध्यक्ष तेजबहादुर डुम्रेलले चनारा समुदाय पानसान उधाेग संचालन गर्न संगठित भएर सहयोगका लागि निवेदन सहित सम्पर्कमा आए पहल गर्न सकिने बताए ।

पछिल्लो समय एकातिर काठकाे अभाव अर्को तिर यस पेशाका युवाको चासो अभावले पनि पानसान उधाेग संकटमा रहेको छ ।ठूला लगानी कर्ता तयार नभएर पेशा संकटमा देखिन्छ । पछिल्लो समय बजारमा पाइने सिल्बर तथा स्टिलबाट बनेका ठेकापाराका सस्तोमा पाइन थालेकाले पनि पानसान उधाेग संकटमा देखिन्छ ।

लेखक : डाेटी चेम्बर अफ कमर्सका सचिव हुन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.