Dashain Suvakamana

‘संविधान लत्याएर केपी ओली जंगलराज चलाउन उद्धत छन्’ : प्रचण्ड

काठमाण्डाैं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले जनप्रतिनिधिसभा बिघटन गरेर संविधान मिचिरहेकाे बताएका छन् । ओलीले असंवैधानिक रुपमा संवैधानिक निकायहरूमा नियुक्ति गरेपछि बाध्य भएर सडकमा आउनुपरेको भन्दै प्रचण्डले फागुन पहिलो सातादेखि संयुक्त आन्दोलन हुनसक्ने समेत बताए।

उनले ओली समूहले राजधानीमा भोलि गर्न लागेको सभालाई पञ्चर्‍यायालीको संज्ञा दिए। ‘आफैं संविधान मिच्ने, संसद् विघटन गर्ने अनि मानिस भेला पार्ने भनेको पञ्चर्‍यायाली नै हो, पञ्चायतमा पञ्चहरूले पैसा दिएर लाखौं मानिस सडकमा उतार्थे ओलीले त्यस्तै गरेका छन्’ उनले भने, ‘संसदीय सुनुवाइ नगरी संवैधानिक आयोगहरूमा नियुक्त गरिएको छ। यो जंगल राजजस्तो भयो।’

ओलीको कदमले लोकतन्त्रमाथि प्रहार भएको भन्दै त्यसका लागि सबै एकजुट भएर उत्रन आह्वानसमेत गरे। ‘जसरी असंवैधानिक र लोकतान्त्रिक तरिकाले संसद् विघटन गरिएको छ त्यसको विरुद्धमा हाम्रो आन्दोलन हो’ उनले भने, यो आन्दोलन केपी र प्रचण्ड बीचको जुहारी नभई गणतन्त्र र गणतन्त्र विरोधीको लडाइँ हो।’

यस्तै अर्का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले निरङ्कुश शासक भएको आरोप लगाए। ओली नेतृत्वको काम चलाउ सरकारले एकपछि अर्को गर्दै संविधान मिच्ने काम गरेकाले बाध्य भएर सडकमा आउन परेको उनले बताए।

‘काम चलाउ सरकारका प्रधानमन्त्रीले संविधान मिचे, अधिनायकवादी चरित्रमा अघि बढिरहेका छन्। ओली भनेको निरङ्कुश शासक हुन्, पार्टीभित्र र सरकार सञ्चालनको क्रममा पनि भागेका हौँ’ उनले भने, ‘संविधान र गणतन्त्र र संघीयता सँग पक्षमा पनि ओली छैनन्। संवैधानिक परिषद्मा नियुक्ति गरेको प्रक्रिया नै गलत छ।’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.