Dashain Suvakamana

आम हड्तालको पूर्वसन्ध्यामा राँको बोकेर यसरी सडकमा आयो प्रचण्ड–नेपाल पक्ष

धनगढी । आमहड्तालको पूर्व सन्ध्यामा नेकपा प्रचण्ड–माधव पक्षका कार्यकर्ताले मसाल जुलुस निकालेका छन् । बुधबार साँझ धनगढी पार्कमोडबाट सुरु भएको मसाल जुलुस एलएनचोकमा समापन भएको छ । मसाल जुलुसमा सुदूरपश्चिम प्रदेशमा पूर्व सामाजिक विकास मन्त्री लगायत युवाहरुको सहभागिता रहेको थियो ।

भोलि विद्यालय, कारखाना, सार्वजनिक क्षेत्र र यातायात पनि ठप्प पारिने प्रचण्ड-माधव समूहले जनाएको छ । काम चलाउ बनिसकेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संवैधानिक नियुक्ति गरेको भन्दै प्रचण्ड-माधव समूह हड्तालमा उत्रिएको हो ।

उता संघीय राजधानी काठमाण्डाैंको बागबजारमा पनि नेकपाका कार्यकताहरुले मसाल जुलुस निकालेका छन् ।सरकारले संवैधानिका निकायहरुको नियुक्तिमा बलमिच्याई गरेको भन्दै प्रचण्ड माधव पक्षले बिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.