Dashain Suvakamana

सुदूरपश्चिम प्रदेशसभाकाे हिउँदे अधिवेशन माघ २६ गते सुरुहुने

मन्त्रिपरिषद् निर्णय

धनगढी । सुदूरपश्चिक प्रदेश सभाकाे हिउँदे अधिवेशन यहि माघ २६ गते आब्हान हुने भएकाे छ । प्रदेश सरकारकाे आज आईतवार बसेकाे मन्त्रीपरिषद् बैठकले अधिवेशन आब्हानकालगि प्रदेश प्रमुखलाई आग्रह गर्ने निर्णय गरेकाे हाे ।

प्रदेश सरकार मन्त्रिपरिषद्ले अधिवेशन सुरु र अन्त्य गर्ने निर्णय गरेअनुसार प्रदेश प्रमुखलाई सिफारिस गर्ने प्रावधान भएकाले अधिवेशन आब्हानकालगि बैठकले प्रदेश प्रमुखलाई आग्रह गर्ने निर्णय गरेकाे सरकारका प्रबक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेश सभा सचिवालयमा तीन वटा नयाँ विधेयक दर्ता भएको छ । भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले तीन वटै विधेयक दर्ता गराएको जनाइएको छ । यसैगरी, यसअघि प्रक्रियामा दुईवटा विधेयक रहेका थिए ।आगामी अधिवेशनका लागि सबै गरेर पाँच वटा विधेयक भइसकेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

अधिवेशन सुरु हुनु अगाडि नै सम्भवतः एक/ दुईवटा विधेयक अझ आउन सक्ने सभामुख  अर्जुन थापाले बताए । सुदूरपश्चिम प्रदेश सभाबाट हालसम्म ४२ वटा कानून बनेर प्रमाणीकरण भइसकेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.