ट्याक्टर र मोटरसाइकल ठोक्किदा कैलालीमा २ जनाको मृत्यु

धनगढी । कैलालीको घोडाघोडी नगरपालिका-१० पहलमानपुरमा शनिबार राति  ट्याक्टर र मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टका अनुसार शनिबार राति ११ बजे पहलमानपुरस्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व गइरहेको म १ त ५४२ नम्बरको  ट्रेक्टर र सोही दिशातर्फ गइरहेको ब ९१ प ४०४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा २ जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा घोडाघोडी नगरपालिका-१० का २३ वर्षीय  गोविन्द बुढा र १८ वर्षिय मानबहादुर बुढा रहेका छन्। दुर्घटनापछि गम्भीर घाइते भएका उनीहरुको स्थानीय घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

  ट्याक्टर  चालक घोडाघोडी नगरपालिका ५ का २१ रामसिंह चौधरीसहित   ट्रेक्टर र मोटरसाइकल ईलाका प्रहरी कार्यालय सुखडको नियन्त्रणमा रहेको जनाइएको छ।

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.