कैलाली उद्योग वाणिज्य संघले ५० औ स्वर्ण जयन्ती मनाउदै

धनगढी । कैलाली उद्योग वाणिज्य संघले आइतबार ५० औ स्वर्ण जयन्ती मनाउदै छ । शनिवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरेर उद्योग वाणिज्य संघले आफ्नो ५० औ स्थापना दिवसको अवसरमा आइतबार स्वर्ण जयन्ती मनाउने जनकारी दिएकाे थियाे ।

संघको ५० औ वर्ष पुरा भएको अवसरमा आइतबारदेखि वर्षभरि व्यवसाय र सामाजिक क्षेत्रमा बिभिन्न काम गदै जाने कैलाली उद्योग वाणिज्य सघका अध्यक्ष पुष्पराज कुँवरले बताए । रेडक्रस सँग समन्वय गरेर भ्यान्टीलेटर सहितको एम्बुलेन्स सञ्चालन गर्न तयारीमा रहेको उनकाे भनाई थियाे । यस्तै उद्योग वाणिज्य सघको नयाँ सरचनाहरु पनि थप गर्न र सालिकहरू निर्माण गरिने समेत जानकारी दिए ।

उद्योग वाणिज्य संघले स्वर्ण जयन्तीको अवसर पारेर आइतबार बिहान साढे ८ बजे संघको कार्यकक्षमा रक्तदान गर्न, १० बजे चौराहाबाट प्रभात फेरी रेयाली, साढे १२ बजे स्वर्ण जयन्तीको आयोजना गर्न र साँझ ६ बजे पार्क मोडमा दीप प्रज्वलन गर्ने तयारी रहेको जनाएको छ ।

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.