नेकपा प्रचण्ड-नेपाल समुहले आज धनगढीमा बिराेध प्रदर्शन गर्दै

धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड- नेपाल समूहले आज धनगढीमा प्रदेश स्तरिय बिरोध सभाको आयोजना गर्दैछ । प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा (संसद) विघठन गरेदेखि विरोधमा रहेकाे नेकपाले आज विशाल जनप्रदर्शन हुने बताएकाे छ ।

धनगढीको खुलामञ्चलमा हुने बिरोध सभालाई नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड र माधव नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । विशाल जनसभामा सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका नेता कार्यकता तथा शुभचिन्तकहरु सहभागी हुने आयोजकले जनाएको छ । बिराेध प्रदर्शन तथा जनसभालाई व्यबस्थित पार्न पार्टीका विभिन्न जनवर्गीय संगठनहरु परिचालन गरिएका छन् ।

बिराेध प्रदर्शन र्याली धनगढी चौराहा र क्याम्पस रोडबाट निकालिने छ । ¥याली दिउँसो १ बजे खुल्ला मञ्चमा सभामा परिणत हुनेछ । र्यालीमा विभिन्न समुदायका जनसंस्कृतिकर्मी पूर्व जनमुक्ति सेनाका लडाकु घाइते अपाङ्गता भएका व्यक्तिहरु प्रदर्शन गर्ने छन् ।

आजकाे बिराेध सभाकाे पूर्वसन्ध्यमा राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियू  सुदूरपश्चिम प्रदेश कमिटिले शुक्रबार सयुक्त रुपमा मोटरसाईकल -याली निकालेको थियाे।

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.