आज यसरी हुँदैछ धनगढीमा बिशाल जनप्रदर्शन
धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले आज धनगढीमा प्रदेश स्तरिय बिरोध सभाको आयोजना गर्दैछ । प्रतिनिधि सभा (संसद) विघठनदेखि विरोधमा उत्रेकाे नेकपा (प्रचण्ड–नेपाल) समूहले बिरोध सभाको आयोजना गर्दै शक्त प्रदर्शन गर्न लागेको हो ।
धनगढीको खुलामञ्चलमा हुने बिरोध सभालाई नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड र माधव नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।विशाल जनसभामा सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका नेता कार्यकता तथा शुभचिन्तकहरु सहभागी हुने आयोजकले जनाएको छ ।पार्टीका विभिन्न जनवर्गीय संगठनहरु परिचालन गरिएका छन् । अहिले ११:३० वजे बिराेध प्रदर्शन र्याली धनगढी चौराहा र क्याम्पस रोडबाट निकालिने छ ।
¥याली दिउँसो १ बजे खुल्ला मञ्चमा सभामा परिणत हुने व्यबस्थापन समिति संयाेजक तथा प्रदेशसभा सदस्य वीरभान चाैधरीले बताए । र्यालीमा विभिन्न समुदायका जनसास्कृतिक कर्मी, पूर्व जनमुक्ति सेनाका लडाकु, घाईते अपाङ्गता भएका व्यक्तिहरुले प्रदर्शन गर्ने बताईएकाे छ ।
यसैबिच आजकाे विशाल नजप्रदर्शन तथा आमसभालाई मध्यनजर गरेर राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियू सुदूरपश्चिम प्रदेश कमिटिले शुक्रबार सयुक्त रुपमा मोटरसाईकल -याली निकालेको छ ।