यसरी मनाईयाे सेती प्रादेशिक अस्पतालमा राष्ट्रिय नर्सिङ दिवस
धनगढी । आज ५९ औँ राष्ट्रिय नर्सिङ दिवस, धनगढीमा रहेकाे सेती प्रादेशिक अस्पतालमा कार्यरत स्टाप नर्स तथा स्वास्थ्यकर्मीहरुले पनि नर्सिङ काउन्सिल संस्थापक फ्लोरेन्स नाइटिङ्गेलको तस्बिरमा माल्यार्पण गरी मनाइएको छ।
गुणस्तरीय नर्सिङ सेवा हाम्रो सान, सेवा र श्रमको सम्मान गरौँ भन्ने मूल नाराका साथ आज देशभरमा दिवस मनाइएको हो। नेपाल नर्सिङ संघ कैलाली शाखाको आयोजनामा गरिएको कार्यक्रममा अस्पतालमा कार्यरत नर्सहरुले नाइटिङ्गेलको तस्बिरमा फूलमाला र अबिरसहित माल्यार्पण गरेका हुन्।
नर्सहरुको पेशागत हकहित र सुरक्षाका लागि भन्दै वि.सं २०१८ माघ १५ गते आजकै दिन नेपाल नर्सिङ संघको स्थापना भएको थियो।