डोटीमा एक बृद्धा १ किलाे सुन र साढे १७ लाख रकमसहित पक्राउ

धनगढी । डाेटीमा एक बृद्ध महिला १ किलाे सुन र करिब साढे १७ लाख रकमसहित पक्राउ परेकी छन् । डोटीबाट धनगढी आउँदै गरेकी केआईसिंह गाउँपालिका–६ भिताडीकी बृृद्ध महिला काली भुलको साथबाट स्राेत नखुलेकाे १७ लाख ४७ हजार नगद बरामद गरेको जिल्ला प्रहरी कार्यालय डोटीका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक कान्तीराज जोशीले बताए।

उनका अनुसार दिपायलबाट धनगढी आउँदै गरेको अवस्थामा उनको साथबाट सो रकम बरामद गरिएको हो। सोही विषयमा सोधपुछका क्रममा कालीको घरमा छापा मार्दा १ किलो भन्दा बढी तौल भएको सुन समेत फेला परेको प्रहरी निरीक्षक जोशीले बताए।

प्रारम्भिक अनुसन्धानका क्रममा रकम र सुनको स्रोतबारे बुझ्न खोज्दा आफन्तले राख्न दिएको भन्दै काली भुलले प्रहरी समक्ष बयान दिएकाे बताइएकाे छ।

घटनाका विषयमा थप अनुसन्धान भैइरहेकाे प्रहरीले जनाएको छ।

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.