Dashain Suvakamana

धनगढीमा भूमिहीन सुकुम्वासीको लगत सङ्कलनलागि अभिमुखीकरण

धनगढी । धनगढी उप–महानगरपालिकाले भूमिहीन र सुकम्वासीहरुको पहिचान, लगत सङ्कलन र प्रमाणीकरण लगायतको काममा खटिने कर्मचारीहरूलाई अभिमुखीकरण तालिम दिएको छ ।

भूमिहीन र सुकम्वासीहरुको पहिचान, लगत सङ्कलन गर्दा अपनाइने विधि, फारम भर्ने तरिका, फारामका किसिम, लगत सङ्कलनमा अपनाउनुपर्ने सजकताका वडाका वडा सचिव, सामाजिक परिचालकहरू, भूमिहीन र सुकुम्वासी लगत सङ्कलन इकाई कार्यालय कर्मचारीहरूलाई अभिमुखीकरणमा गरिएको धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले बताए ।

भूमि सम्बन्धी समस्या समाधान आयोगका कर्मचारीहरूले सहजीकरण गरेको कार्यक्रममा नगरप्रमुख वडले कुनै पनि भूमिहीन र सुकुम्वासी जग्गाधनी पुर्जा पाउनबाट छुट्नु हुँदैन भन्दै ‘ त्यसका लागि लगत सङ्कलन देखि नै त्रुटि हुनुहुँदैन ।’ भूमिहीन र सुकम्वासीहरुलाई जग्गाधनीपूर्जा दिने कुरो चुनावी घोषणापत्रमा नै राखेको बताउँदै नगरप्रमुख वडले भने, ‘त्यो कार्यकाल भित्रै पुरा गर्ने छौँ ।

धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले लगत सङ्कलनका लागि चाडै कर्मचारीहरू फिल्डमा खटिने बत्ताइन ।अभिमुखीकरण गरिएको छ उप–प्रमुख भट्टले भनिन्, ‘लगत सङ्कलन र पहिचानमा त्रुटि हुन नदिन यसले सहयोग पुग्ने छ ।जग्गा हस्तान्तरणको प्रक्रिया थाल्नका लागि भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीको पहिचान, लगत सङ्कलन र प्रमाणीकरणको सबै काम सुकुम्वासी लगत सङ्कलन इकाई कार्यालयबाट हुने निमित्त प्रमुख प्रशासकीय अधिकृत लोकराज उपाध्यायले बताए ।

ऐलानी र प्रति जग्गामा बसेकाहरूलाई उप–महानगरपालिकाले सबै सेवा सुविधा दिएर पनि करको दायरमा ल्याउन सकेको छैन उनले भने, अव यो काम सम्भव हुने छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.