Dashain Suvakamana

प्रतिनिधिसभा विघटनविरुद्ध धनगढीमा दलित मुक्ति संगठनको प्रदर्शन

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले जनप्रतिनिधि मुलक प्रतिनिधिसभा विघटन गरेपछि सुदूरपश्चिमकाे धनगढीमा त्यसकाे बिरुद्धमा जनप्रदर्शन हुँदै आएका छन् । यहीक्रममा आज  ‘असंवैधानिक’ कदमको विरोधमा दलित मुक्ति संगठन कैलालीले प्रदर्शन गरेको छ।

सरकारको ‘असंवैधानिक र अलोकतान्त्रिक हर्कत’ विरुद्ध चर्का नारा लगाउँदै नेकपा निकट मुक्ति संगठनले बजारमा र्यालीको आयोजना गरेर विरोध जनाएको हो।

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेका थिए। लगत्तै भण्डारीले प्रतिनिधिसभा भंग भएको घोषणा गर्दै मध्यावधिक निर्वाचनको मिति समेत घोषणा गरेकी थिइन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.