१७ गतेको बिरोध सभालाई अध्यक्षद्वय प्रचण्ड-नेपालले सम्बोधन गर्ने

धनगढी । नेपाल कम्युनिस्ट पार्टी (प्रचण्ड–नेपाल समूह)  सुदूरपश्चिम प्रदेश कमिटीले माघ १७ गते धनगढीमा आयोजना गर्ने आमसभालाई नेकपाका अध्यक्षद्वय प्रचण्ड-नेपालले सम्बोधन गर्ने बताइएको छ । आइतबार नेकपाले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भीम रावलले यस्तो जानकारी दिएका हुन्।

उनले भने  ‘प्रधानमन्त्री जीले राष्ट्रपतिलाई पत्र लेख्दा पनि संविधानको धारा कुनै उल्लेख गरेका छैनन्,’ ‘राजपत्रमा पनि नक्कली रुपमा पहिलेको मिति राखिएको छ । सरकार आफैँ किर्ते काम गर्ने । अब केपी सरकार होईन किर्ते सरकार हो ।’

उनले प्रतिनिधिसभा विघटनपछि बहुमत सदस्य रहेको आफ्नो पक्ष नै आधिकारिक भएको बताउँदै निर्वाचन आयोगले पनि बहुमत सदस्यको पक्षमा निर्णय लिने विश्वास व्यक्त गरे ।

यसअघि धनगढीमा नेकपा (ओली समूह) ले धनगढीमा सभाको आयोजना गरेको थियो । सभालाई प्रधानमन्त्री केपी शर्मा ओली सम्बोधन गरेका थिए ।

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.