सन्कीको भरमा यत्रो अपराध गर्नेले चुनाव गराउँछ ? : अधिवक्ता विडारी
राष्ट्रिय सभाका सदस्यसमेत रहेका अधिवक्ता रामनारायण बिडारीले प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने कदम संविधानविपरीत भएको दाबी गरेका छन्। शनिबार काठमाडौंमा आयोजित साक्षात्कारमा बोल्दै उनले प्रधानमन्त्रीले घोषणा गरे पनि कुनै पनि हालतमा चुनाव नहुने स्पष्ट पारे।
उनले भने,‘चुनाव एक हुँदैन, दुई हुँदैन, तीन हुँदैन, हुँदै हुँदैन। केका लागि जनादेश चाहियो ? पाँच वर्षका लागि तपाईंलाई चुनेको होइन जनताले ? उहाँले अहिलेको व्यवस्था सिध्याउन यो गर्नु भएको हो। यो अपराध हो। सन्कीको भरमा गरेको काम बदर गर्नुपर्छ।’
भधिवक्तासमेत रहेका विनाडीले प्रधानमन्त्रीको कदम संविधान विरूद्धको काम भएको टिप्पणी गरे। प्रधानमन्त्रीलाई संसद विघटन गर्ने संविधानमा कुनै विशेषाधिकार नभएको उनले दाबी गरे।