Dashain Suvakamana

विप्लव समुहका टीकापुर एरिया इन्चार्जसहित ३ जना पक्राउ

धनगढी । विप्लव नेतृत्वकाे (नेकपा) का एरिया इन्चार्जसहित ३ जना नेता कार्यकर्तालाई प्रहरीले कैलालीको टीकापुरबाट पक्राउ गरेको छ । पक्राउ परेका आफ्ना नेताहरुको रिहाइको माग गर्दै आह्वान गरिएको नेपाल बन्द गर्नेक्रममा उनीहरुलाई पक्राउ गरेको हो।

ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरीक्षक मधुसुधन न्यौपानेका अनुसार पक्राउ पर्नेमा टीकापुर नगरपालिका एरिया इन्चार्ज पूर्ण खड्का, एरिया सेक्रेटरी जगत विश्वकर्मा र डम्मर बिष्ट रहेका छन्।

शान्ति सुरक्षा कायम गर्न उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक न्यौपानेले बताएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.