Dashain Suvakamana

बैतडीमा कोरोनाका सक्रिय संक्रमित ‘शुन्य’

धनगढी । बैतडीमा तत्कालका लागि कोरानाको सक्रिय संक्रमितको संख्या शुन्य भएको छ । जिल्लाको दशरथचन्द नगगरपालिका ४ का एकजनाले कोरोना जितेसंगै जिल्लामा सक्रिय संक्रमित नरहेका स्वास्थ्य कार्यालयका कोभिड-१९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए ।

बैतडीमा ६३६ जनामा संक्रमण पुष्टि भएको र ती मध्ये ६३४ जनाले कोरोना जितेका छन् भने २ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ । जिल्लामा ७ हजार ७ सय बढी नागरिकको पीसीआर विधि मार्फत कोरोना परीक्षण गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

तत्कालका लागि कोरोनाका सक्रिय संक्रमित शुन्य भएपनि कोरोनाको जोखिम भने कायमै रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड अपनाउनुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.