न्याय दिने अदालतवाटै घुस रकमसहित दुई जना पक्राउ
धनगढी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत रुपन्देहीका २ जना नापी निरीक्षक घुस रकमसहित नियन्त्रणमा लिएको छ । आयोगले अदालतका नापी निरीक्षकद्वय सुमित चौलागाईं र मनोज थापालाई ५ हजार घुस रकम सहित शुक्रवार पक्राउ परेका हुन् ।
आयोगले सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
रुपन्देही कोटहीमाई गाउँपालिका वडा नम्बर १ बोगडियाबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।