टीकापुर अस्पताललाई शव बाहन हस्तान्तरण

कैलालीकाे पूर्विक्षेत्र टीकापुर अस्पताललाई शव बाहन हस्तान्तरण गरिएको छ । टीकापुर सरोकार समूह र ह्युम्यानिटी फाउण्डेशन नेपालले आज एक कार्यक्रमका बिच अस्पताललाई शव बाहन हस्तान्तरण गरेको हो ।

टीकापुर सरोकार समूहका संयोजक वरिष्ठ पत्रकार प्रशान्त अर्याल र फाउण्डेशनका दीर्घराज उपाध्याय, पुष्कर ओझा, मानसिंह साउँदले शव बाहनको चाबी टीकापुर अस्पताल विकास समितिका अध्यक्ष दीपक रावललाई हस्तान्तरण गरेका हुन् । शव बाहनको चावी हस्तान्तरण गर्दै समूहका संयोजक अर्यालले जन्मभूमिका लागि सानो सहयोग गर्न पाएकोमा खुशी लागेको बताए । उनले आगामी दिनमा समेत टीकापुरका लागि विभिन्न सामाजिक अभियान सञ्चालन गर्ने योजना रहेको बताए ।

यो अभियानबाट आफू हौसिएको बताउँदै उनले सामाजिक सञ्जालमार्फत् शव बाहन खरिदका लागि आर्थिक सहयोगको घोषणा गर्दा विश्वभरि छरिएर रहेका धेरै व्यक्तिहरुले साथ दिएको जानकारी दिए । टीकापुर अस्पताल विकास समितिका अध्यक्ष दीपक रावलले शव बाहन खरिदका लागि अभियान थालेकोमा टीकापुर सरोकार समूह र ह्युम्यानिटी फाउण्डेशनप्रति आभार व्यक्त गरे । उनले मानवीय सेवामा देखाएको सदासयताले थप जिम्मेवार बनाएको बताए ।

उनले अस्पताल सबैको सामुहिक प्रयासबाट सञ्चालन गर्ने आफ्नो उद्देश्य रहेको र यसका लागि हातेमालो गर्न आग्रह गरे । उनले स्वास्थ्य संस्थामा राजनीतिक आग्रह पूर्वाग्रह नराखी सबैको सहयोगको खाँचो रहेको औंल्याए ।

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.