मोटरसाइकल एक आपसमा टोकिँदा २ जनाको मृत्यु , २ जना घाइते
कञ्चनपुर । कञ्चनपुरमा दुई वटा मोटरसाइकल एक आपसमा ठोकिएर घाइते भएका मध्ये २ जनाको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका वडा नम्बर ५ को पूर्वपश्चिम राजमार्ग अन्तर्गत आम्खैयामा मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका ४ जना मध्ये दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
दुर्घटना परी से. ६ प. ३१६७ नम्बरको मोटरसाइकल चालक धनगढीको गोदावरी राइसमिल नजिक बस्ने २५ वर्षीय आशिष जोशी र सुप.प्र. ०१.००.७१५७ नम्बरको मोटरसाइकल चालक कृष्णपुर नगरपालिका–२ वाणीका ३५ वर्षीय जनक बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका कञ्चनपुरका प्रमुख प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका जोशीको धनगढीस्थित निशंर्ग अस्पताल र बोहराको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।सोही मोटरसाइकल दुर्घटनामा घाइते कैलालीको लम्कीचुहा नगरपालिकाका २३ वर्षीय निश्चल राठोर र अभिषेक चुनाराको धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।