देउवा सवार हेलिकप्टर गाेरखाकाे पालुङटारमा आकस्मिक अवतरण
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सवार हेलिकप्टर गोरखाकाे पालुङटारमा आकस्मिक अवतरण गरिएको छ।
मौसम खराबी भएकाले पालुङटारको आँपपिपल भन्ने स्थानमा हेलिकप्टर आकस्मिक अवतरण गरेको र अहिले मौसम सफा भएपछि गोरर्खाबाट पर्वत पठाइएकाे छ ।
देउवा काठमाडौंबाट पर्वत जाँदै थिए। पर्वतमा देउवाले पार्टी कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम तय रहेको बताइएको छ ।