Dashain Suvakamana

पृथ्वीनारायण शाहप्रति श्रद्धा अर्पण गर्ने क्रममा झडप

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशरे जबराले पृथ्वीनारायण शाहप्रति श्रद्धा अर्पण गर्ने क्रममा क्रुर दमन गरेर सरकारले नागरिकको नैसर्गिक अधिकार र लोकतन्त्रविरोधी कार्य गरेको भन्दै कडा शब्दमा भत्र्सना गरेका छन् ।

‘सरकारको लोकतन्त्र विरोधी कार्यको राप्रपाले सडकमा विरोध गरीरहने छ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका देनलाई राप्रपाले सदैव उच्च सम्मान गरीरहनेछ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा राष्ट्र निर्माताप्रति श्रद्धान्जली अर्पण गर्ने नागरिकहरुमाथि सरकारको क्रुर दमन अत्यन्त निन्दनीय छ, अन्यायपूर्ण छ । यसको म कडा शब्दमा भत्र्सना गर्दछु,’ राप्रपा अध्यक्ष राणाले सोमबार भने ।

भद्रकालीमा भेला भएर शान्तिपूर्ण रुपमा पृथ्वीनारायण शाहको सिंहदरबारस्थित सालिकमा माल्यार्पण गर्न अघि बढेका नागरिक समूहहरुलाई प्रहरीले रोक लगाएको थियो । सो क्रममा दुई पक्षबीच झडप भएको थियाे ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.