पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै आज पृथ्वी जयन्ती मनाइँदै
आज पृथ्वी जयन्ती, नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गरेर मनाइँदैछ । गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा विसं. १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे-चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए ।
सन् १८५८ देखि १९४७ का बिच उपनिवेश उन्मुख अङ्ग्रेजहरूले यस क्षेत्रका धेरैजसो राज्यलाई आफ्नो नियन्त्रणमा लिए । उपनिवेश नै नभने पनि अङ्ग्रेजको डरले करिब ५ सय ६२ वटा बाइसी-चौबीसी राज्यहरूले अङ्ग्रेजलाई कूत बुझाउँथे ।
यो परिस्थितिलाई अध्ययन गर्ने हो भने पृथ्वीनारायणले निर्माण गरेको नेपालले आफ्नो स्वतन्त्रता मात्र कायम राखेन, यसले ब्रिटिस साम्राज्य र शक्तिशाली चिनियाँहरूसँग जटिल कूटनीति लडाइलाई समेत विजय हासिल गरेको देखिन्छ।