Dashain Suvakamana

सुदूरपश्चिममा कृषि व्यवसाय गर्न चहानेले ५० लाख रिण पाउने, व्याज प्रदेश सरकाले तिर्ने

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले कृषि व्यबसाय गर्न चहाने तर पुजिकाे अभावमा व्यबसाय गर्न नसकेका कृषककालागि पचास लाखसम्म रिण दिने भएकाे छ । कृषि तथा पशुपन्छिलाई व्यबसायीरुपमा प्रबर्दन गर्न प्रदेश सरकारकाे भूमि व्यबस्था कृषि तथा सहकारी मन्त्रालयले यस सम्बन्धी आज कृषि विकास बैंकसँग मुख्यमन्त्री कार्यालयमा सम्झाैता गरेकाे हाे ।

Image may contain: one or more people, people sitting, table, shoes and indoorसम्झाैता कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले राेजगार प्रवर्दन गर्न चहाने निम्न आयभएका ग्रामिण जनसमुदायलाई लक्षित याे कार्यक्रममा धिताे लगायतका प्रकृर्यामा सहुलियत गर्न आग्रह गरे ।सुदूरपश्चिम प्रदेश सरकारकाे लाेकपृर्य कार्यक्रम मध्येकाे याे कार्यक्रममा बढी भन्दा बढी व्यबसायीलई जाेड्न उनकाे निर्देशन थियाे ।

सम्झाैता पत्रमा प्रदेश सरकारकाे भूमि व्यबस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. किसन लाल भट्ट र कृषि विकास बैंक लिमिटेडका सुदूरश्चिम प्रदेश प्रमुख गाेकुल पनेरुले हस्ताक्षर गरेका हुन् । केही दिनभित्रै कार्यक्रम कार्यान्वयनमा आउने मन्त्रालयका सचिव डा. भट्ट र बैंक प्रमुख पनेरुले जानकारी दिएका छन् ।

भूमि व्यबस्था कृषि तथा सहकारी मन्त्री बिनिता चाैधरीले कृषि तथा पशुपन्छी व्यबसाय गर्न चहानेलाई कार्यक्रमले अनुदान सरहकाे सहायता प्रदान गर्ने बताएकी छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.