Dashain Suvakamana

भिजिट भिसामा पुरुषलाई दुबई लगेर बेच्न खोज्ने एक जना पक्राउ

एक पुरुषलाई दुबई लगेर बेचबिखन गर्न खोजेको आरोपमा प्रहरीले काठमाण्डौबाट एक जनालाई पक्राउ गरेको छ ।३५ वर्षीय एक पुरुषलाई भिजिट भिसामा दुबई लगेर बेच्न खोज्ने काठमाण्डौको चाबहिल बस्ने महोत्तरी खयरमारा घर भएका जितबहादुर भुजेललाई प्रहरीले पक्राउ गरेको हो ।

घरायसी कामको लागि दुबई लैजाने भन्दै ललाइफकाइ राहदानी बनाउन लगाएर २०७३ वैशाख २७ गते एक जना अपरिचित व्यक्तिको साथमा त्रिभुवन विमानस्थलभित्र पठाएकोमा राहदानी जाँच गर्ने क्रममा ती पुरुषलाई घरायसी काममा नभइ झुक्याएर दुबईमा बेचबिखन गर्न लागेको खुल्न आएको थियो ।

पक्राउ परेका मङ्गले भनिले भुजेललाई कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.