Dashain Suvakamana

देशकाे शिर उचाे पार्ने सुदूरपश्चिमलाई राज्यको दृष्टिमा पछाडि पार्नु हुँदैन

विकास सिंह महता 

कञ्चनपुर । राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले सुदूरपश्चिम प्रदेश खेलकूदको ‘पावर हाउस’ भएको बताएका छन्। सुदूरपश्चिम प्रदेशले ओलम्पियन र खेलकूदमा थुप्रै स्वर्ण दिनुका साथै देशका लागि खेलाडी उत्पादन गरेको बताउँदै यस प्रदेशलाई राज्यको दृष्टिमा पछाडि पार्न नहुने धारणा राखे।

मंगलबार कञ्चनपुरको महेन्द्रनगरमा नेपाल खेलकूद विज्ञान प्रतिष्ठानले आयोजना गरेको प्रतिभावान खेलाडी छनोट घोषणा कार्यक्रममा सदस्य सचिव सिलवालले सुदूरपश्चिम भलिबल, फुटबल, क्रिकेट, ब्याडमिन्टन, कबड्डी र कुस्तीलगायतका खेलको खेलाडी उत्पादनका निम्ति उर्बरभूमि भएको बताए। “खेलकूदमा म सुदूरपश्चिमलाई अन्यथा हेर्ने पक्षमा छैन”, उनले भने, “यहाँका खेलाडीको हकहित र खेल संरचना निर्माणमा जोड दिने योजनामा छु।”

कोरोना भाइरस सङ्क्रमण न्यूनीकरणका लागि पनि खेलकूद  भन्दै उनले  “कोरोनासित जित्न र जीवनमा खेलकूद कति आवश्यक रहेछ भन्ने पनि कोरोना कहरबाट थाहा भइसकेको छ ।”  खेलाडीले अहिलेसम्म कोरोना लागे पनि थला पर्नु नपरेकाे उनकाे भनाई थियाे ।

प्रतिभावन खेलाडी छनोटमा परेका २४ खेलाडीलाई छात्रवृत्तिस्वरुप मासिक तीन हजार रकम दिने उनले घोषणासमेत गरे। सेना र प्रहरीका विभागीय टिममा समेत सुदूरपश्चिमका खेलाडीको बर्चस्व रहेको बताउँदै उनले खेलाडी उत्पादनमा प्रशिक्षक र सङ्घको पनि महत्वपूर्ण भूमिका रहेको जानकारी दिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.