Dashain Suvakamana

बर्दिया निकुञ्जको राजमार्ग क्षेत्रमा राति दुईपाङ्ग्रे साधन चलाउन रोक

धनगढी ।बाघको आक्रमणमा परि महिलाको ज्यान गएपछि पूर्व–पश्चिम राजमार्गको बर्दिया निकुञ्ज क्षेत्रमा रातिको समयमा साइकल र मोटरसाइकल चलाउन रोक लगाइएको छ ।

हिंस्रक जनावरको आक्रमणबाट हुने सम्भावित जोखिम कम गर्नको लागि अम्रेनी–कर्णाली चिसापानी सडकमा  आइतवारदेखि राति ८ बजेदेखि बिहान ६ बजेसम्म मोटरसाइकल, साइकल र पैदलयात्रुलाई हिँडडुलमा रोक लगाइएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । राजमार्गमा पाटेबाघको चहलपहल बढेकाले सुरक्षित रहनको लागि पनि निकुञ्जले अनुरोध गरेको हो ।

बाघको आक्रमणबाट शुक्रबार कैलालीको लम्किचुहा नगरपालिका ४ कौवापुरकी ५० वर्षिया नन्दकली थापाको मृत्यु भएको थियो ।उनीमाथि राति दश बजेतिर छोरा सन्तोषसंग मोटरसाईकलमा कोहलपुरबाट घर आउँदै गर्दा बाघले आक्रमण गरेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.