फुट र बिग्रहमा नलाग्न नेकपा सुदूरपश्चिम स‌ंसदीय दलकाे आग्रह

धनगढी । प्रतिनिधिसभा विघटनपछि फुटकाे संघारमा रहेकाे नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश संसदीय दलले स-साना समुह वा गुटमा नलाग्न सांसद तथा पार्टी कार्यकर्तामा आग्रह गरेकाे छ । बैठकमा नेकपाका स्थायी कमिटी सदस्य एवं सुदूरपश्चिम प्रदेश ईञ्चार्ज भीम रावलकाे विशेष अपस्थिति थियाे ।

धनगढीस्थित संसदीय दलकाे कार्यालयमा आज शनिवार बसेकाे दलकाे बैठकले पार्टीकाे कार्यकारी अध्यक्षसहित बहुमत सदस्यले नेतृत्व गरेकाे नेकपा अधिकारी भएकाे ठहर गरेकाे छ । संसदीय दलका नेता तथा मुख्यमन्त्री त्रिलाेचन भट्टकाे अध्यक्षतामा बसेकाे बैठकमा एक जना काठमाणडाै‌ गएका बाहेक सबै सदस्यकाे उपस्थिति रहेकाे बैठकपछि प्रेशित बक्तव्यमा जनाएकाे छ । बैठकमा ओली पक्षका पूर्वमन्त्री पठान सिंह बाेहरा सहितका सदस्यहरुकाे सहभागिता रहेकाे प्रमुख सचेतक तारा लामा तामाङले बताए ।

बैठकले देश काेराेना महामारीसँग जुझिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधसभा विघटन गरेकाेप्रति आपत्ति र बिराेध गर्ने, बहुमत सदस्यले नेतृत्व गरेकाे (प्रचण्ड-नेपाल) समुह अधिकारी भएकाले दृढकासाथ लाग्ने, प्रदेश सरकारका नियमित काम कारवाहीलाई एकताबद्ध भएर अगाडी बढाउने गरी ३ बुँदे निर्णय गरेको छ।No description available.

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.