फाईनलकालागि सुदूरपश्चिमकी चेली सशस्त्र प्रहरीसँग भिड्दै
धनगढी । प्रधानमन्त्री कप महिला क्रिकेटमा आज सेमिफाइनलका दुई खेल हुँदैछन्। आज हुने पहिलो खेलमा समूह ‘ए’ को विजेता विभागीय टोली एपीएफले समूह ‘बी’ उपविजेता सुदूरपश्चिमको सामना गर्नेछ। त्यस्तै दोस्रो खेलमा समूह ‘बी’ को विजेता प्रदेश १ ले समूह ‘ए’ को उपविजेता लुम्बिनीसँग प्रतिस्पर्धा गर्ने छ।
दाङको लमही क्रिकेट मैदानमा पहिलो खेल ९ बजे र दोस्रो खेल १ बजे सुरु हुनेछ। आजको खेलमा विजयी टोलीले आइतवार फाइनल खेल्नेछन्।
प्रतियोगिताको विजेताले नगद ५ लाख प्राप्त गर्नेछ । भने उप -विजेता टोलीले ३ लाख त्यसैगरी सेमिफाइनलबाट बाहिरिएका दुई टोलीले समान २५ हजार प्राप्त गर्नेछन्। यस्तै विधागततर्फ सर्वोउत्कृष्ट खेलाडीले २१ हजार, उत्कृष्ट ब्याटरले १० हजार, उत्कृष्ट बलरले ५ हजार प्राप्त गर्नेछन्।