नेकपा सुदूरपश्चिम प्रदेश कमिटी बैठक बस्दै: जिल्ला अध्यक्ष र सचिव को कता ?
धनगढी । नेपाल कम्युनिस्ट पार्टी नेकपाकाे सुदूरपश्चिम प्रदेश कमिटी बैठक बस्दै छ । पार्टीमा विवाद बढ्दै गएपछि गुटगत भेला भैरहेका बेला धनगढीकाे रुबस हाेटेलमा अहिले ११:३० वजेदेखि बस्न लागेकाे बैंठकमा कति सदस्यकाे उपस्तिथि रहन्छ, धेरैले चासाे लिएका छन् ।
पार्टीका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम ईञ्चार्ज भीम रावलले सम्बाेधन गर्ने बैठककाे प्रदेश कमिटी सचिव नेपवहादुर चाैधरीले आब्हान गरेका हुन् । प्रधानमन्त्री केपी ओली समुहभन्दा सुदूरपश्चिम प्रदेशमा प्रचण्ड–नेपाल समूह बलियाे देखिन्छ । तुलनात्मक रुपमा सुदूरपश्चिममा कमजोर देखिएको ओली समूहले जिल्ला कमिटिहरुमा पनि वर्चश्व कायम गर्न सकेको देखिदैन्।
पार्टी विभाजनपछि सुदूरपश्चिमका ९ जिल्लाकै अध्यक्ष र सचिव कुन समूहका कति ?
सुदूरपश्चिममा ५ जिल्लाका अध्यक्ष प्रचण्ड–नेपाल समूह र ४ जिल्लाका अध्यक्ष केपी ओली समूहका रहेको पाइएको छ भने ८ जिल्ला सचिव प्रचण्ड–नेपाल र १ जिल्लाका सचिव मात्र ओली पक्षमा लागेको देखिन्छ।
नेकपा डोटीका अध्यक्ष चक्र मल्ल, बझाङका मीबहादुर कुँवर, डडेल्धुराका मानसिंह माल, दार्चुलाका गणेशसिंह खत्री र अछामका शेरबहादुर कुँवर प्रचण्ड–नेपाल समूहमा खुलेका छन्। यस्तै कैलालीका अध्यक्ष रतन थापा, बैतडीका सुरेन्द्र पाल, बाजुराका कालीबहादुर शाही र कञ्चनपुरका बीरबहादुर थापा ओली समूहमा छन्।
सचिवमा कैलालीका लालबहादुर सोडारी, कञ्चनपुरका तारालामा तामाङ, डोटीका जंग बिक, बझाङका दमन भण्डारी, डडेल्धुराका बिरेन्द्रकुमार बस्नेत, दार्चुलाका उदय बडाल, बैतडीका प्रेमप्रकाश भट्ट, अछामका भपट साउँद प्रचण्ड–नेपाल समूहमा देखिएका छन्।
ओली समूहमा सचिवमा बाजुराका भरत बुढा मात्र खुलेको पाइएको छ।